कोशी र बागमतीमा मौसम आंशिक बादल : पश्चिम तराईका थोरै ठाउँमा हुस्सु

पुष २, काठमाण्डौ । आज कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बादल छ । त्यस्तै पश्चिम तराईका थोरै ठाउँमा अहिले बिहान हुस्सु लागेको छ ।
आज दिउँसो देशभरको मौसम मुख्यतया सफा नै रहने अनुमान छ । देशभर आज कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।