कर्णालीको संसद वैठक आजदेखि शुरु, दुई वटा विधेयक पेश

सुर्खेत, ११ साउन (जागरण) । बजेट पारित गरेपछि स्थगित भएको कर्णाली प्रदेशको संसद वैठक आजदेखि शुरु भएको छ ।
आज बसेको वैठकमा प्रदेश सरकारले दुईवटा विधेयक पेश गरेको छ । सरकारले ‘कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र ‘कर्णाली प्रदेश सहकारी विधेयक पेश गरेको हो ।
संसद बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले ‘कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेश गर्नुभएको हो । त्यस्तै भूमि व्यवस्था, कृर्षी तथा सहकारीमन्त्री विमला केसीले ‘कर्णाली प्रदेश सहकारी विधेयक बैठकमा पेश गर्नु भएको हो ।