स्थानिय तह कर्मचारी संघ कर्णालीमा लामिछाने चयन

सुर्खेत, ४ चैत (जागरण) । स्थानिय तह कर्मचारी संघ कर्णाली प्रदेशको अध्यक्षमा टंक प्रकाश लामिछाने सर्वसम्मत् चयन हुनुभएको छ ।
वीरेन्द्रनगरमा भएको प्रथम अधिवेशनबाट लामिछाने सर्वसम्मत् अध्यक्ष हुनुभएको हो । समितिको उपाध्यक्षमा कालिकोटका नरजंग शाही र महिला उपाध्यक्षमा दैलेखकी पदमकुमारी खत्री चयन हुनुभएको छ ।
यस्तै सचिवमा सुर्खेतका चित्र खनाल तथा सहसचिवमा सुर्खेतका कुलबहादुर खड्का, जुम्लाका भक्तिलाल बुढा र जाजरकोटका केदारबहादुर कार्की चयन हुनुभएको छ ।
निर्वाचन समितिकाअनुसार समितिको कोषाध्यक्षमा दैलेखका विष्णु शर्मा चयन हुनुभएको छ भने अन्य सदस्यहरुमा सल्यानका दुर्गाबहादुर केसी, सुर्खेतका बलबहादुर राना, जाजरकोटका कृष्णबहादुर बम, जाजरकोटकै दीपबहादुर विष्ट, कालिकोटका मनबहादुर थापा, दैलेखका शम्शेरबहादुर शाही र सुर्खेतकी निर्मला भट्टराई रहनुभएको छ ।
यो समितिले आगामी तीन वर्षसम्म स्थानिय तहका कर्मचारीको हकहितका लागि काम गर्नेछ ।