नेपाल क्रिकेट सङ्घले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गयो

पुष १९, काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले वर्षभर नै घरेलु र अन्तर्राष्ट्रिय खेल हुने गरी क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो ।
जसअनुसार यस वर्ष जनवरीदेखि डिसेम्बरसम्म २८ वटा घरेलुु प्रतियोगिता हुनेछन् भने ३२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला र पुरुष टोली सहभागी हुनेछ ।
यो वर्ष नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजनादेखि पुरुषतर्फ टी–२० विश्वकपमा सहभागिता जनाउने छ । भारतमा हुने आईसीसी पुरुष टी–२० विश्वकप नेपाली टोलीका लागि यसवर्षको सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ ।