जनता भन्छन्ः दश वर्ष कर छुट दिने सरकारको निर्णय गजब (अडियोसहित)

सुर्खेत, १२ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले लगानीको वातावरण सृजना गर्न थालेको छ । प्रदेशमा निजी लगानीकर्तालाई लगानी गर्ने वातावरण निर्माण गर्न भन्दै सरकारले दश वर्षसम्म कर छुट दिने निर्णय गरेको छ । यो निर्णयले कर्णालीमा निजी लगानीकर्ताहरु बढ्ने आशा पनि गरिएको छ । यसै सन्दर्भमा हामीले कर्णाली सरकारले निजी लगानीकर्तालाई दश वर्षसम्म कर छुट दिने भनी गरेको निर्णयलाई तपाईँ के भन्नुहुन्छ ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।