तिज नजिकिएसँगै सुर्खेती चेली गीताको गीतः “शिरै लाउनी शिरफुल मेराे” (भिडियोसहित)

सुर्खेत, १४ साउन (जागरण) । हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिएसँगै विभिन्न खाले तिज गीतहरु बजारमा आएका छन् । पछिल्ला केही वर्षहरुदेखि तीज गीतमा बिकृती भित्रिएको भनी सर्वत्र गुनासो भईरहेका बेला सुर्खेती चेली गीता थापाको मौलिक तीज गीत ‘शिरै लाउनी शिरफुल मेरो’ बजारमा आएको छ । पत्रकार समेत रहनुभएकी थापाको भर्खरै मात्र बजारमा आएको गीतमा गीता थापा, मानसिंह खड्का, शेरबहादुर आचार्य, सुनिता बुढा र सीमा परियारको आवाज रहेको छ । तिलक के.सी र पतिराम रोकायको शब्द रहेको गीतमा सुरेश पुनको लय रहेको छ ।
पछिल्लो समय गायकसँगै म्युजिक भिडियो निर्देशन पनि गरिरहनुभएका सुर्खेतकै चेला मानसिंह खड्काकोे निर्देशन गीतमा रहेको छ ।
गीतमा राजेन्द्र, दिपाशा, सुरेन्द्र, स्वस्तीका, आकाश र शान्तीको नृत्य देख्न सकिन्छ । सुर्खेत स्थायी घर भएकी पत्रकार थापाका यसअघि पनि केही गीत बजारमा आएका छन् । पहिलो गीत मात्र तिम्रो कारण र दोस्रोे गीत पूर्व अनि पश्चिम हुनाले लगायतका गीत बजारमा छन् । जुन गीत साविककोे मध्य र सुदुरपश्चिममा अत्याधिक रुचाईएको थियो ।
लामो समय सुर्खेतका विभिन्न रेडियो, पत्रिका तथा अनलाईनमा पत्रकारिता गर्नुभएकी थापा अहिले काठमाण्डौं स्थित क्यापिटल एफ.एममा कार्यरत हुनुहुन्छ । हेर्नुस् भिडियाे ।