
सुर्खेत ।
शिक्षा अधिकार र जवाफदेहिता सम्बन्धी २ दिने कार्याशाल आजदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
कर्णाली प्रदेशस्थित विभिन्न नागरिक समाज संस्थाहरुको आयोजनामा शिक्षा अधिकार जवाफदेहिता सम्बन्धी कार्याशाला सुरु भएको हो । कार्यशालाको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उदघाटन गर्नुभयो । मन्त्री भण्डारीले शिक्षामा मोबाइल एपको प्रयोग गर्ने र यसका लागि प्रदेश तहमा निर्माण गर्ने प्रदेश सरकारको तर्फ बाट प्रतिवद्धता जनाउनुभयो । विपदमा शिक्षा सम्बन्धी श्रव्य दृश्य सामग्री निर्माण गर्नु पर्ने श्रवण समस्या भएका विद्यार्थी र शिक्षकका लागि सोही बमोजिमका साङ्केतिक भाषामा सामग्री निर्माण गर्न तर्फ सरोकारवाला सबैको सहकार्यको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ । साथै सार्वजनिक शिक्षा सुधारको लागि सबैलाई हातेमालो गर्न मन्त्री भण्डारीले अपिल गर्नुभयो।
कार्याशाला कर्णाली प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले समावेशी तथा सबैको पहुँचयुक्त शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । अहिले पनि धेरै विधार्थीले भूगोल जात र आयस्तरका हिसाबले शिक्षामा विभेद भोगिरहेको उल्लेख गर्दै उहाँले त्यसको अन्त्यका लागि सबैजना लाग्नुपर्ने उहाँको भनाइ थियो । यस्तै लेकवेशी नगरपालिका सुर्खेतका प्रमुख उमेश कुमार पौडेलले शिक्षा सरकारी तथा सामुदायिक विधालयको शिक्षा सुधारका लागि शिक्षक विधार्थी समुदाय र सरकार सबैजना लाग्नुपर्ने बताउनुभयो । गुर्भाकोट नगरपालिकाका नगर उपप्रमुख मैना विकले शिक्षा सबैको सरोकारको विषय भएको भन्दै सुधारका लागि पनि सबै पक्ष जवाफदेही हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यशालामा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको छ भने ती कार्यपत्रमाथि छलफलपछि आइतबार सम्पनन हुनेछ ।
