सुर्खेत, १४ साउन (सुर्खेत) । समाजमा हुने सामाजिक अपराधका विषयमा सुर्खेत वीरेन्द्रनगर १० को मुस्लीम समुदायमा छलफल गरिएको छ । सुर्खेतमा सञ्चालित ’टोल टोलमा प्रहरी’ अभियानअन्तर्गत मुसलमान मुस्लीम समुदायमा छलफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरीको संयुक्त आयोजनामा भएको छलफलमा समाजमा हुने सामाजिक अपराध मानव वेचविखन, लागुऔषध र घरेलु मदिरा न्युनिकरणबारे छलफल केन्द्रित भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेल प्रमुख तथा प्रहरी नायव निरिक्षक मञ्जु कुमारी चौधरीले हिंसा न्युनिकरणका लागि महिला र पुरुष दुवैको भुमिका बराबरी हुने बताउनुभयो । यस्तै अधिवक्ता गीता कोइरालाले हिंसा भइरहँदा पनि चुप लागेर बस्न नहुने बताउनुभयो ।