
माघ १२, काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफार्यसको समूह बी अन्तर्गतको अन्तिम खेलमा नेपाललाई स्कटल्यान्डले १४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनायो ।
स्कटल्यान्डको लागि प्रियान्ज चतर्जीले सर्वाधिक ४५ रनमा अविजित रहिन् । उनले २८ बलमा ७ चौका प्रहार गरिन्। स्कटल्यान्डका ओपनरद्वय काथेरिन फार्सर गोल्डेन डक भइन्। उनलाई मनिषा उपाध्यायले बोल्ड पारिन् । पहिलो ओभरमा ३ बल वाइड फालेपछि उनले आधिकारिक पहिलो बलमा विकेट लिएकी थिइन् । अर्की ओपनर डार्सी कार्टर १ रनमा क्याच भइन् ।
कप्तान कार्थिन बार्सी ८ रनमा मनिषा उपाध्यायको बलमा एलबीडब्ल्यू भइन्। पावरप्लेमा स्कटल्यान्डले ३ विकेटको क्षतीमा ३८ रन बनाएको थियो। चौथो विकेट सीता राना मगरले सारा बार्सीलाई १८ रनमा बोल्ड गरिन् । एल्सा लिसर क्याच आउट भइन्। मेगन एमसीकोले १७ र रचेल सल्तारले ११ रन बनाइन । अन्तिा विकेटको रुपमा ओलिभिया वेल गोल्डेन डक भइन् ।
नेपालको लागि बलिङ तर्फ मनिषा उपाध्यायले राम्रो सुरुवात दिलाइन्। उनले पावरप्लेमा नै ३ विकेट लिइन ्। मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ३ विकेट लिँदा रिया शर्मा, सीता राना मगर र कविता जोशीले १–१ विकेट लिए ।
नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट, नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्ससाग ७ रनले पराजित भएको थियो। दोस्रो खेलमा जिम्बावेलाई ५ विकेट र तेस्रो खेलमा थाइल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो। आजको खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दा नेपालले सुपर सिक्सको सम्भावना कायम रहन्छ । नेपालले स्कटल्यान्डलाई पराजित गर्दा थाइल्यान्ड नेदरल्यान्ड्ससँग पराजित भएको खण्डमा नेपालले सुपर सिक्समा खेल्ने सम्भावना रहन्छ ।
