अत्याधुनिक व्याडमिन्टन कोर्ट निर्माण हुँदै

सुर्खेत, ५ चैत (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चार वटा कार्ट सहितको अत्याधुनिक व्याडमिन्टन कोर्ट निर्माण हुने भएको छ ।
वहुउद्देश्यीय कभर्ड हल निर्माण अभियान अन्तर्गत व्याडमिन्टन कोर्ट निर्माण हुने भएको हो ।
करिव दुई करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने अनुमान गरिएको कोर्टको चैत ११ गते शिलान्यास गर्ने तयारी भएको जिल्ला व्याडमिन्टन संघ सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाले जागरणलाई बताउनुभयो ।

उहाँकाअनुसार तयार गरिएको डिपिआर अनुरुप ६ कोर्ट बनाउँदा करिव साढे ६ करोड लाग्नेछ तर संघसंग एक करोड २२ लाख मात्रै छ ।
बाँकी रकम सहयोग जुटाउँदै निर्माण कार्य अघि बढाइने उहाँले बताउनुभयो । सचिव देवकोटाकाअनुसार गत वर्ष भएको मध्यपश्चिमाञ्चल धार्मिक महोत्सव २०७३ बाट संकलन भएको रकमबाट यो संरचना तयार गर्न लागिएको हो ।