बजारमा चरी बस्यो…(भिडियोसहित)

सुर्खेत, १५ साउन (जागरण) । श्रीनाथ फिल्मस् एण्ड प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘एक दिन’ को चरी बस्यो डालि…मा बोलको गीत सार्वजनिक भएको छ ।
गीत बुढासुव्वा म्युजिक  प्रा. ली. मार्फत् सार्वजनिक गरिएको हो । यस गीतमा स्वर मनु मन्दिरले दिनुभएको छ भने शब्द संकलन प्रेमदेव गिरीको छ ।
चलचित्र तीजपछि नै रिलिज हुने भए पनि गीतका शब्दहरुमा तीज झल्किने भएकाले तीजअघि नै गीत सार्वजनिक गरिएको चलचित्रका निर्देशक निर्मल प्याकुरेलले जानकारी दिनुभयो ।
गीतको निर्देशन चर्चित नृत्य निर्देशक चन्द्र मन्दिर मगर र कोरियोग्राफ कलाकार रमेश शाही ठकुरीले गर्नुभएको छ । गीतमा अभिनय रेणु शर्माको छ ।
गीततको सम्पुर्ण छायाङ्कन सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १४ गोठिकाँडामा गरिएको र अपेक्षा गरेअनुसार कै गीत तयार भएको श्रीनाथ फिल्मसका अध्यक्ष जगत प्याकुरेलले बताउनुभयो ।
चलचित्रमा प्रेमदेव गिरी, गणेशभक्त गौतम, यामनारायण आचार्य, प्रेम शर्मा, खम्बराज गिरी, प्रकाश पौडेल, चिन्तामणि कंडेल, दीपेन्द्र
ओली, खुमलाल न्यौपाने, सीता आचार्य, सविता राणा, प्रेम हमाल, रोशन भट्टराई, धर्म नेपाली, टिकाराम रावललगायतको अभिनय छ ।
चलचित्रको छायाङ्कन ९० प्रतिशत सकिसकेको र अवको केहि दिनमा सम्पादन कार्य सुरु गरिने चलचित्रका नायक तथा निर्माता प्रेम शर्माले जानकारी गराउनु भयो ।

हेर्नुहोस् भिडियोः