दैलेखकी नीताकुमारी थापाले जितिन् ’भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि

फागुन ३, सुर्खेत । । गायन रियालिटी शो ’द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् ।
शनिबार आयोजित ग्राण्ड फिनालेमा दैलेखकी नीताले उपाधि जितेकी हुन्। उनी कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेकी थिइन् ।
फिनालेमा उनीसँगै कोच खेम सेन्चुरीको टिमबाट सागर संसार राई, कोच प्रमोद खरेलको टिमबाट पुनम गुरूङ र कोच मेलिना राईको टिमबाट सञ्जिता दुरा प्रतिस्पर्धामा थिए ।
सागर फस्र्ट रनरअप, पुनम सेकेण्ड रनरअप र सञ्जिता दुरा थर्ड रनरअप भएका हुन् ।