स्वास्थ्यका कार्यक्रम सवै स्थानिय तहमा हस्तान्तरण (फोटाहरु)

सुर्खेत, ५ चैत (जागरण) । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको मातहतमा रहेका स्वास्थ्य संस्थाहरु औपचारिक रुपमा स्थानिय तहमा हस्तान्तरण गरिएको छ ।

 

 

 

 

 

 

 

फोटाहरुः कविन्द्र केसीको फेसबुकबाट  

एक विशेष समारोह गरी गाउँपालिका तथा नगरपालिकाहरुमा स्वास्थ्य संस्था हस्तान्तरण गरिएको हो । जिल्ला स्वास्थ्य प्रमुख धिरजंग शाहले स्वास्थ्य संस्थामा रहेका भौतिक संरचना र जनशक्तिको विवरण प्रस्तुत गर्दै जिल्लामा रहेका नौ वटै स्थानिय तहका प्रमुख तथा उपप्रमुखलाई स्वास्थ्य संस्था हस्तान्तरण गर्नुभएको हो ।
गत साउन महिनादेखि नै स्वास्थ्यका काम स्थानिय तहबाट हुने गरे पनि औपचारिक रुपमा हस्तान्तरण भने भएको थिएन । सुर्खेतमा ४७ वटा स्वास्थ्य चौकी र तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र छन् ।
हस्तान्तरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनार, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा, गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विक, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी, वराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत, चौकुने गाउँपालिकाकी उपाध्यक्ष निर्मला रानामगर लगायत स्वास्थ्यका कर्मचारीहरुको समेत सहभागिता थियो ।