सावधान ! पाउडर दुध बच्चाको लागि हानिकारकः जनस्वास्थ्य विज्ञ डा‍‍‌. अरुणा उप्रेति (अडियोसहित)

सुर्खेत, १६ साउन (जागरण) । आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाईन्छ । नेपालमा पनि स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापी रुपमा मनाईएको छ । पछिल्ला वर्षमा नेपालमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।
संसारभर एकदेखि सात अगष्टसम्म मनाइने विश्व स्तनपान दिवसको यस वर्षको नारा ‘स्तनपानः जीवनको आधार’ रहेको छ । पछिल्लो समय समाज विकसित हुँदै जाँदा धेरै आमाहरुले आफ्ना बच्चाहरुलाई स्तनपान नगराएको पाईन्छ । यसै सन्दर्भमा हामीले जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेतिसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला स्तनपान दिवस मनाउनुपर्ने अवस्था किन सृजना भयो भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।