न्यायिक संवादमार्फत नागरिकका समस्या बुझ्दै उच्च अदालत (अडियोसहित)

सुर्खेत, १६ साउन (जागरण) । उच्च अदालत सुर्खेतले गत वर्षमा ८५ प्रतिशत मुुद्धा फर्छयौट गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा ४ सय ४२ वटा मुद्धा मध्ये ३ सय ७८ वटा मुद्धा फर्छर्यौट गरेको हो । उच्च अदालत सुर्खेतले सुर्खेतलगायत जाजरकोट, सल्यान, रुकुम र दैलेखबाट आएका ४ सय ४२ वटा मुद्धा मध्ये ३ सय ७८ वटा मुद्धा फर्छर्यौट गरिएको उच्च अदालत सुर्खेतका उप रजिष्ट्रार नरेन्द्रबहादुर बुढाले जानकारी दिनुभयो । उच्च अदालतले पछिल्लो समय मेलमिलाप समितिमार्फत पनि मिलापत्र गराउँदै आएको पनि उहाँले जानकारी दिनुभयो ।
अदालतले २३ मुद्धा मध्ये २१ वटा मुद्धामा मेलमिलाप गराएको छ । यसैबिच, हामीले उच्च अदालतले गरिरहेको कामका बारेमा उच्च अदालतका उपरजिष्ट्रार नरेन्द्रबहादुर बुढासँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी मुना हमालले सबैभन्दा पहिला उच्च अदालतमा कस्ता प्रकृतिका मुद्दाहरु दर्ता भईरहेका छन् ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।