सुर्खेत, १६ साउन (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यही साउन १९ गते विशेष गजल वाचन हुँदैछ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजको आयोजनामा हुने गजल वाचनको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
विशेष गजल बाचनमा देशका चर्चित चार जना गजलकारले आफ्ना गजलहरु प्रस्तुत गर्ने साहित्य समाजका महासचिव गणेश समीप ढकालले जानकारी दिनुभयो ।
गजल वाचनमा गजलकारहरु बाबू त्रिपाठी, महेन्द्र चन्द ‘महासागर’, देबकि निरौला र कृष्ण विरहीले गजल वाचन गर्ने उहाँले बताउनुभयो ।
नेपाली साहित्यलाई उचाईमा पु¥याउने लक्ष्यका साथ स्थापित साहित्य समाजले यसअघि दुई ओटा श्रृङ्खला सम्पन्न गरिसकेको छ ।
विशेष गजल वाचन कार्यक्रम जिल्ला समन्वय समिती सुर्खेतको हलमा हुने आयोजकले जनाएको छ ।