विकासे कार्यकर्ताका रुपमा प्रस्तुत नहुनुस्ः सभामुख शाही (अडियोसहित)

सुर्खेत, १८ साउन (जागरण) । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले आफूहरु कानुन निर्माणमा केन्द्रित हुने बताउनुभएको छ ।
प्रदेश संरचना नयाँ भएको र धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले संसद कानुन निर्माणमा केन्द्रित हुने उहाँको भनाई छ ।
हिजो वीरेन्द्रनगरमा आयोजित संसदीय मामिला सम्बन्धी रिपोर्टिङ्ग तालीमको उद्घाटन गर्दै सभामुख शाहीले सांसदहरु विकास आयोजना भन्दा कानुन निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

साथै सभामुख शाहीले आफूलाई महत्वपुर्ण जिम्मेवारी प्राप्त भएको भन्दै संसदलाई मर्यादित र प्रभावकारी बनाउने बताउनुभयो । सबैलाई मिलाएर समन्वयकारी भुमिका निर्वाह गर्ने सभामुख शाहीको भनाई छ ।

सो अवसरमा प्रदेश सासद हिमबहादुर शाहीले देश नयाँ संरचनामा गएकोले यसको अभ्यासका लागि सबैले आचारसंहिता लागु गरेर काम गर्नुपर्ने बताउनुभयो ।
संसदिय पत्रकार समाज कर्णाली प्रदेशले आयोजना गरेको संसदिय रिपोर्टिङ तालिमा सुर्खेत जिल्ला स्थित पत्रकार तथा संंचारकर्र्मीहरुको सहभागिता रहेको छ ।