जुम्ला, १८ साउन (जागरण) । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टर पढाईको तीव्र तयारी थालिएको छ ।
प्रतिष्ठानले उच्च स्तरको स्वास्थ्य शिक्षा दिने भन्दै एमबीबीएस कक्षाको पढाई संचालन गर्न तीव्र तयारी थालिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।
प्रतिष्ठानले एमबीबीएस कक्षा सञ्चालन गर्न शिक्षक नियूक्ति कार्य सुरु भएको छ भने अर्को्तिर एमबीबीएसको पाठ्यक्रम निर्माण भइरहेको काफ्लेले जानकारी दिनुभयो ।
२०७५ वैशाख १ गते जुम्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पहिलो पटक सम्पन्न छैटो सिनेटको बैठक र तत्कालीन प्रधानमन्त्री शेरबहादुुर देउवाको अध्यक्षतामा काठमाडौंमा सम्पन्न ५ औं सिनेटको बैठकले एमबीबीएस सञ्चालन गर्ने निर्णय गरेअनुसार यो वर्षदेखी डाक्टर पढाई गर्नका लागि तयारी थालिएको प्रतिष्ठानले जनाएको छ ।