एक विद्यालय जहाँ छन्ः कक्षा पाँचमा एक विद्यार्थी पाँच शिक्षक

डोल्पा, १८ साउन (जागरण) । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच जना शिक्षक खटिने गरेका छन् ।
त्यस विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् ।
विद्यालयमा पनि पाँच जना शिक्षकको दरबन्दी छ । स्थापनाकालदेखि विद्यालयमा कक्षा कोठा, खानेपानी र शौचालय नहुँदा दैनिक समस्या पर्दै आएको छ । आधारभूत आवश्यकता नहुँदा बर्से्नि विद्यार्थीको संख्या घट्दै गएको छ ।