वीरेन्द्रनगरको विधेयक अधिवेशन बुधवारदेखि

सुर्खेत, ५ चैत (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको हिउँदे सभा तथा विधेयक अधिवेशन चैत सात गतेदेखि शुरु हुने भएको छ ।
विशेषगरी नयाँ ऐन, नियम, कानून र निर्देशिका बनाउन तथा चालु आर्थिक वर्षका नीति, कार्यक्रम र वजेटको समिक्षा गर्न अधिवेशन हुन लागेको हो ।
छलफल सात गतेदेखि शुरु भए पनि विषयको गहनताअनुसार लम्विन पनि सक्ने नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जागरणलाई बताउनुभयो ।
गत असारमा भएको नगर सभाले बनाएका योजनाहरुको समिक्षा गर्दै आगामी वर्षको लागि समेत छलफल गरिनेछ ।
विशेषगरी शिक्षा ऐन, सहकारी ऐन, कृषि प्रवद्र्धन ऐन र न्यायिक समिति कार्यसम्पादन विधेयक गरी सात वटा ऐन तथा विधेयक पास गरिने उपप्रमुख ढकालले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण खड्काकाअनुसार अधिवेशनका लागि विभीन्न समिति र उपसमितिहरु तयार गरी क्रियाशिल गरिएको छ ।