कालिकोट, १८ साउन (जागरण) । कालिकोटमा असिना पानीले बाली नष्ट गरेको चार महिना बितिसक्दा पनि क्षतिपुर्ति नपाउँदा स्थानीय निराश भएका छन् ।
स्थानीय तहले संघ र प्रदेश सरकारलाई क्षतिको विवरण पठाएको चार महिनासम्म पनि राहत नपाएपछि उनीहरु निराश बनेको समाचार रेडियो चंखेलीले पठाएको छ ।
सान्नीत्रिवेणी गाउपालिका वडा नं ७ का अध्यक्ष मनिराज सिम्खडाले गाउँ तथा वडापालिकाले राहत दिन नसक्ने भएकाले संघिय र प्रदेश सरकारलाई आग्रह गरेको बताउनुभयो ।
नरहरिनाथ गाउपालिका, शुभकालिका गाँउपालिका, राष्कोट नगरपालिकामा र खाँडाचक्र नगरपालिका भएको क्षतिको विवरण गृह मन्त्रालयमा पठाई सकिएको छ ।
कालिकोटमा गत चैतको महिनामा परेको असिना पानीले करिब ९० प्रतिशत बाली नष्ट गरेको थियो ।
चैत २८ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसि २ करोड ६४ लाख ६७ हजार ३ सय ३४ रुपैयाँको क्षतिको विवरण गृह मन्त्रालयमा पठाइ सकेको निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिनुभयो ।