युवाहरु सामूहिक कृषि उत्पादनमा

रुकुम, १८ साउन (जागरण) । रुकुम पश्चिम चौरजहारी नगरपालिकका युवा सामूहिक कृषि उत्पादनमा जुटेका छन् । कृषिमा आधुनिकीकरण गरी आर्थिक समृद्धि प्राप्त गर्न लागि सामूहिक कृषि उत्पादन सुरु गरेको बताइएको छ ।
वडा न. ५ मा भैँसी पालन, ६ मा तरकारी उत्पादन र वडा न. १० मा बाख्रापालन सामूहिक रूपमा सुरु गरिएको छ ।
सात युवा मिलेर ११ वटा भैँसी पालिएको छ । एक वर्षमा १५ देखि २० वटासम्म र्पुयाउने लक्ष्य राखिएको छ ।
स्थानीय युवाहरु मिलेर नगरपालिकाको साझेदारीमा सामूहिक भैँसीपालन गरी दूध उत्पादन गरेर चौरजहारीको बजारमा र्पुयाउने लक्ष्य राखिएको कृषक गोरख रावतले बताउनुभयो ।