आर्थिक जोहो गर्न बिद्यालय भवन भाडामा

सल्यान, १८ साउन (जागरण) । बिद्यालयको आर्थिक अबस्था कमजोर भएपछि सल्यानको महेन्द्र माध्यमिक बिद्यालयको भवन भाडामा दिइएको छ ।
छत्रेश्वरी गाउँपालिका वडानम्बर ५ लेखपोखरामा रहेको महेन्द्र माध्यमिक विद्यालयको दुईकोठे भवन भाडामा दिइएको हो ।
बिद्यालयमा आम्दानीको स्रोत नभएपछि बिद्यालयको दुईकोठे भवन भाडामा लगाईएको प्रधानाध्यापक रोमहर्ष केसीको भनाई उद्धृत गर्दै रेडियो राप्ती सल्यानले समाचार पठाएको छ ।
उहाँले बिद्यालयमा आम्दानीको स्रोतकेही नभएपछि निजि शिक्षकलाई तलव खुवाउन देखी लिएर अन्य कार्यालयको खर्चजुटाउन बिद्यालय ब्यबस्थापन समिती, शिक्षक अभिभावकसंघ, अभिभावक सबैको सामुहिक छलफलबाट बिद्यालयको भवनलाई भाडामा दिईएको बताउनुभयो ।