कर्णाली प्रदेशसभाः कहिले बस्छ आगामी बैठक ?

चाँदनी कठायत । सुर्खेत, ५ चैत (जागरण) । गत फागुन १५ गते बसेर अनिश्चितकालका लागि स्थगित भएको कर्णाली प्रदेशको संसद वैठक सांसदहरु काठमाण्डौबाट फर्किएपछि मात्रै बस्ने भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदानका लागि सांसदहरु काठमाण्डौ गएका छन् । छलफलका लागि आवश्यक कुनै पनि एजेण्डा नहुँदा यसअघि संसद वैठक स्थगित गरिएको थियो ।

Photo Credit SajhaPost

कर्णाली प्रदेशसभाका सचिव राजेश पौडेलले सांसदहरु केन्द्रबाट फर्किएलगत्तै संसद वैठक बसाल्ने तयारी भईरहेको जानकारी दिनुभयो ।
अब बस्ने प्रदेशसभा वैठकमा प्रदेशसभा नियमावली मस्यौदा समितिले तयार पारेको नियमावली, कार्य व्यवस्था परामर्श समिती गठन लगायतका विषयमा छलफल गरिने सचिव पौडेलले जानकारी दिनुभयो ।
सचिव पौडेलका अुनसार संसद वैठक नबस्दा खाली रहेको बिचको समयमा प्रदेश सभा सचिवालयका लागि छुट्याईएको शैक्षिक तालीम केन्द्रलाई मर्मत सम्भार गर्ने काम गरिरहेको जानकारी दिनुभयो ।