विश्वनाथ सिम्खडा, रेडियो चंखेली
कालिकोट, २० साउन (जागरण) । कालिकोटको एक गुरुकुल विद्यालयले आवस सहित पठनपाठनको व्यवस्था गर्ने भएको छ । सदरमुकाम मान्ममा रहेको सरस्वति गुरुकुल आधारभुत विद्ययालयमा यसै आर्थिक वर्षबाट आवास सहितको सुविधा थपिने भएको समाचार रेडियो चंखेलीले पठाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयचन्द्र अधिकारीले यसै आर्थिक वर्षबाट छात्र र छात्रा गरि १५ जना विद्यार्थीहरुलाइ सुविधा सम्पन्न आवास सहितको व्यवस्था गरिने बताउनुभयो ।
२०७० सालमा स्थापना गरिएको गुरुकुल विद्ययालयमा अहिले १ घण्टा संस्कृत र अन्य समयमा कर्मकाण्ड,वेद , रुदि लगायतका विषयमा पढाइ भइरहेको उहाँले वताउनुभयो । विद्यालयमा अहिले ७० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।