विश्वनाथ सिम्खडा, रेडियो चंखेली
कालिकाेट, २० साउन (जागरण) । कालिकोटमा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ ।
खाँडाचक्र नगरपालिकाको सेराबाडाबाट वालिघाटका लागि छुटेको भे १ त ७२–७८ नम्वरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको समाचार रेडियो चंखेलीले पठाएको छ ।
दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका गुटुका ३५ वर्षिय शुरेस सिंह वोहराको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।