डब्लु.डब्लु.जे सुर्खेतको अध्यक्षमा भण्डारी

सुर्खेत, २० साउन (जागरण) । क्रियाशिल महिला पत्रकार (डब्लु डब्लुजे) शाखा सुर्खेतको अध्यक्षमा लक्ष्मी भण्डारी चयन हुनु भएको छ ।
डब्लु.डब्लु.जे शाखा सुर्खेतको आज सम्पन्न पाँचौ अधिवेशनले राष्ट्रिय समाचार समितिका सुर्खेत संवाददाता भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा चाँदनी कठायत, सचिवमा सविता जिसी, सहसचिवमा प्रभा रावत र कोषाध्यक्षमा सीता वली चयन हुनुभएको छ ।
नवगठित समितिको सदस्यहरुमा कल्पना ढेङ्गा मगर, अप्सरा विष्ट, निरु घटाने र सीता आचार्य रहनु भएको छ । यस्तै कार्यसमितिको सल्लाहकारहरुमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, प्रदेश उपाध्यक्ष डम्मर आचार्य र डब्लु डब्लु जे शाखाका निवर्तमान अध्यक्ष मुना हमाल रहेका छन् ।
अधिवेशनमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकार महिलाहरुको मुद्दामा एकढिक्का भएर लाग्नको लागि समितिलाई आग्रह गर्नुभयो ।