जाजरकोट, २० साउन (जागरण) । जाजरकोट सदरमुकाम खलंगा नजिक पहिरोले दुई घर पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अबिरल वर्षाका कारण गएराति ठाँटीबजार नजिकै पहिरो गएको हो ।
पहिरोमा परि तीन बालवालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको नाम भने खुल्न सकेको छैन ।
घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिएको छ । घटनाको विस्तृत विवरण भने आउन वाँकी छ ।