राहत समाग्री लिएर प्रदेश सरकारको टोलि जाजरकोटमा

सुर्खेत, २१ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले जाजरकोटका पहिरो पीडितलाई राहत वितरण गर्ने भएको छ ।
तत्कालका लागि सरकारले मृतकका परिवारलाई नगद २५ हजार र खाद्यान्न सामग्री वितरण गर्ने भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसहितको टोली राहत सामग्री सहित जाजरकोट गएको छ ।

मन्त्री भण्डारीको नेतृत्वमा जाजरकोटका प्रदेश सांसद, गणेशप्रसाद सिंह, कृष्णा शाह, कौशिलावती खत्री पनि जानु भएको छ ।
हिजो जाजरकोटको भेरी नगरपालिका–३, ठाँटी बजारमा गएको पहिरोमा परि ८ जनाको मृत्यु भएको थियो । एक जना अँझै वेपत्ता छन् । अहिले पिडीतहरुलाई सोही नगरपालिकास्थित वृद्धाश्रममा राखिएको प्रशासनले जनाएको छ । पिडीतहरुलाई आजै नगद र खाद्यान्न वितरण गरिने बताईएको छ ।