रुकुम, २१ साउन (जागरण) । डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले रुकुम पश्चिमको चौरजहारी अस्पतालमा तोडफोड गरेका छन् ।
शुक्रबार भेरी नगरपालिका वडा नम्बर १३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उहाँको हिजो दिउँसो मृत्यु भएपछी आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् ।
पत्थरी र मृगौलाको समस्याबाट पीडित मल्ललाई हिजो आफन्तले उपचारको लागि काठमाडौं लैजान हेलिकप्टर बोलाएपछि चिकित्सकले उहाँलाई मृतक घोषणा गरेका थिए ।
अस्पताल प्रशासक डिलबहादुर गोसाइका अनुसार मृगौला र पत्थरी समस्याबाट पीडित मल्लको उपचारकै क्रममा मृत्युभएको बताउनु्भएको छ ।