मासिक १० हजार भत्ता र परिचयपत्र दिनुपर्ने पुर्व जनमुक्ति सेनाको माग

सुर्खेत, २१ साउन (जागरण) । कर्णाली प्रदेशका पुर्व जनमुक्ति सेनाहरुले आफूहरुलाई सरकारले मासिक १० हजार भत्तासहित गणतान्त्रिक परिचय पत्रको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा शहिद परिवार तथा पुर्व जनमुक्ति सेना विभागको भेलाले यस्तो माग गरेको हो ।
सरकारले गणतन्त्र स्थापनाका लागि लडेका शहिदहरुको सम्मान गर्न नसेकेको उनीहरुको गुनासो छ ।
उनीहरुले मासिक भत्ता र परिचयपत्रसँगै स्वास्थ्य बिमा, छात्रवृत्ति कोटा निर्धारण गर्न पनि सरकारसँग माग गरेको विभागका प्रमुख कर्णजित बुढाथोकीले जानकारी दिनुभयो । आफूहरुको माग पुरा नभए कडा आन्दोलनमा उत्रने उहाँको चेतावनी छ ।