कर्णाली प्रिमियर लिग क्रिकेट हुँदै

सुर्खेत, ६ चैत (जागरण) । बन्धुविकास सहकारी संस्था लिमिटेड सुर्खेतको आयोजनामा सुर्खेतमा पहिलो पटक कर्णाली प्रिमियर लिग (केपिएल) टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
आगामी वैशाख ४ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक बन्धुविकास सहकारीका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक रेशम शाहीले जानकारी दिनुभयो ।
राष्ट्रियस्तरको प्रतियोगितामा सात वटै प्रदेशका प्रदेशस्तरीय टिमका साथै तीन वटा विभागिय टिमले सहभागिता जनाउने संयोजक शाहीले बताउनुभयो ।
प्रतियोगिताको विजेताले नगद तीन लाख रुपैयाँसहित ट्रफि प्राप्त गर्नेछ भने दोस्रो हुनेले एक लाख ५० हजारसहित ट्रफि पाउने जनाइएको छ ।
त्यसैगरी म्यान अफ दी सिरिज हुनेले २५ हजार, उत्कृष्ट ब्याटस्म्यान र उत्कृष्ट बलरले नगद १०÷१० हजारसहित ट्रफि र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार पाँच सयसहित ट्रफी पाउनेछन् ।