स्थानिय तहका स्वास्थ्य संस्थामा प्रयोगशाला र कर्मचारीको दरबन्दी माग

जुम्ला, २१ साउन (जागरण) । जुम्लामा स्थानीय तह मातहतका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य प्रयोगशाला र जनशक्तिको दरबन्दी थप गराउनुपर्ने प्रयोगशालाकर्मीहरुले माग गरेका छन् ।
जिल्लाका आठवटै स्थानिय तहका प्रमुखहरुसँग भेट गरी ज्ञापनपत्र दिँदै स्थानीयतहका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा प्रयोगशालाकर्मीको दरबन्दीको व्यवस्था गर्न माग गरेका हुन् ।
संघियतामा हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्ने सरकारको नीति अनुरुप अस्पताल निर्माण गर्दा प्रयोगशाला पनि अनिवार्य हुने उनीहरुको भनाई छ ।