पहिरो पिडीतलाई राहत वितरण, विपत् जोखिम कम गर्न अब सरकार सचेतः मन्त्री भण्डारी (अडियोसहित)

सुर्खेत, २१ साउन (जागरण) । जाजरकोटका पहिरोपिडीतलाई राहत वितरण गरिएको छ । सदरमुकाम खलंगामा हिजो पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई आज राहत वितरण गरिएको हो ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको नेतृत्वमा घटनास्थल पुगेको सरकारी टोलीले मृतकका परिवारलाई २५ हजारका दरले नगद र खाद्यान्न वितरण गरेको हो । यसै सन्दर्भमा जागरणकर्मी चाँदनी कठायतले मन्त्री भण्डारीसँग प्रदेश सरकारले गरेको राहत वितरण र घटनाको बारेमा कुराकानी गर्नुभएकाे छ। सुन्नुस् याे कुराकानी (अडियो) ।