करिव तीन सय जना एइई दिनबाट बञ्चित

सुर्खेत, ६ चैत (जागरण) । सुर्खेतमा यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा दुई सय ८० विद्यार्थीहरु परिक्षा दिन नपाउने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले विद्यालयमा अनुपस्थित हुँदा र राजश्व नतिरेकाले एसइइ परीक्षामा सहभागि हुनबाट बञ्चित भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार परिक्षामा सहभागि हुन नपाउने विद्यार्थीहरु मध्ये ७५ प्रतिशत विद्यालयमा हाजिरि नभएका छन् ।
शाहले कोही विद्यार्थीहरु पढ्दै गर्दा भारततर्फ जाने समस्याले पनि परीक्षा दिनबाट बञ्चित भएको बताउनु भयो ।
यस वर्षको एसइइ परीक्षामा सुर्खेतबाट ७ हजार ९ सय ९२ विद्याथीहरु सहभागि हुने भएका छन् । नियमित तर्फ ७ हजार एकसय ७४ र आंशिक तर्पm ८ सय १८ विद्यार्थी सहभागि हुने छन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा ३० वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्रमा ७ जनाका दरले ३० वटा केन्द्रमा २ सय ७ जना शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिने भएका छन् ।
परीक्षालाई मर्यादित बनाउन जिल्ला शिक्षा कार्यालयले ३० वटै केन्द्रका केन्द्राध्यक्षहरु, सरोकारवाला र विद्यार्थीहरुले पालना गर्नुपर्ने आचारसंहिताको बारेमा जिल्ला शिक्षा कार्यालयले अभिमुखिकरण कार्यक्रम गरेर जानकारी गराएको छ ।