झारफुकमा अल्झिँदा किशाेरीकाे मृत्यु

सुर्खेत, २२ साउन (जागरण) । सुर्खेतमा सर्पले टोक्दा एक किशोरीको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० तातापानी स्थित गल्फाकी १४ बर्षिया हरिकला उपाध्यायको सर्पले टोक्दा आज बिहान मृत्यु भएको रेडियो डाँडादारा एफएमले जनाएको छ ।

सर्पको टोकाईबाट मृत्यु भएकी जामुकी हरिकला । तस्वीरः जगतदल जनला विक 

विहान ५ बजेतिर हरिकलालाई सर्पले टोकेको थियो । तर उनलाई उपचार गर्नुको साटो झारफुकमा अल्झिदा मृत्यु भएको हो ।
बाढीपीडित शिविरमा बस्दै आएकी हरिकला विहान शौचालय गएको बेलामा सर्पले टोकेको थियो । हरिकला स्थानीय जनज्योति आधारभुत विद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत थिइन् ।