डोल्पा, २२ साउन (जागरण) । डोल्पामा भेरि नदिले सय मिटर सड्क कटान गरेपछि यात्रा गर्न जोखिम भएको छ । मंगलबार बेलुकी करिब ५ बजेतिर सदरमुकाम दुनैको कालिका मन्दीर भन्दा ३ सय मिटर टाढाको सड्कमा हालिएको एक सय मिटर ग्याबिनतारको भेरिले बगाएपछि सड्क जोखिममा परेको हो ।
उर्लदो भेरिले ग्याबिनको तल्लोभागमा निरन्तर धक्का दिएपछि जाली ढ्लदा सड्क भत्कीएको स्थानीयको भनाई छ ।
प्रत्यक्षदर्शि भरत खड्का अनुसार पानिको बहाव उच्च रहेकोले कम्जोर भागबाट भत्काउन थालेको थियो ।
दुनै जुफाल र सू–पानि संग जोड्ने यो सड्क सदरमुकामकै नजिक भेरिले कटान गरेपछि यात्रुहरु त्रसित भएका छन् ।
आन्तरीक रुपमा चल्ने जिपहरु समेत वारपार रोकिको जिप सञ्चालक भरत खड्काले बताउनुभयो ।
जिल्ला दैवि प्रकोप ब्यवस्थापन समितिको मंगलबार नै बसेको आपतकालिन बैठकले ठुलो बिपत आउन सक्ने भन्दै सबै क्षेत्रमा सचेत रहन आग्रह गरेको छ ।