जाजरकोटको पहिरोमा बेपत्ता भएका गोविन्द अझै भेटिएनन्

जाजरकोट, २२ साउन (जागरण) । जाजरकोट सदरमुकाम खलंगामा गत आइतबार बिहान गएको पहिरोमा बेपत्ता भएका कुशे गाउँपालिका ५ का ८ वर्षीय गोविन्द परियार फेला परेका छैन् ।
आइतबार र सोमबार दिनभर खोजतलास गर्दा पनि नभेटिएका गोविन्दको आज पनि खोजी गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले घटनास्थलमा गोविन्दको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।
पानी नरोकिएको र पहिरो गएको ठाउँ हिलाम्य भएकोले खोजी कार्यमा अप्ठेरो भएको प्रजिअ वस्नेतले बताउनुभयो । पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो ।