छिमेकीले निर्माणधिन खानेपानीको आयोजना भत्काए

डोल्पा, २२ साउन (जागरण) । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका २ अन्तर्गत रुम गाँउका स्थानीयले सोेही वडामा पर्ने छिमेकी गाउँमा निर्माणाधीन खानेपानी आयोजना भत्काईदिएका छन् ।
फनबोर्ड नामक संस्थाको २९ लाख १० हजार आठसय सहयोगमा निर्माण भईरहेको मद्दु खानेपानी आयोजना उनीहरुले भत्काइदिइएको निर्माण समितिका अध्यक्ष रणबहादुर बुढाले बताउनुभयो ।
उहाँका अनुसार बर्षाैदेखि मद्दु र रुम गाँउका स्थानीयले ठुला खोलाको पानी मिलेर प्रयोग गर्दै आएका थिए ।