बैंक नहुँदा सेवाग्राहीलाई सास्ती

मुगु, २२ साउन (जागरण) । मुुगुुको मुुगुुम कामारोङ गाउँपालिकामा बैंक नहुुँदा सेवाग्राहीलाई सास्ती भएको छ । जिल्लाका चार स्थानीय निकायमध्ये छाँयानाथ रारा नगरपालिका र खत्याड सोरु गाउँपालिकामा बैंक स्थापना भए पनि पूर्वी क्षेत्रमा पर्ने अहिलेसम्म बैंक स्थापना नहुुँदा त्यहाँका सेवाग्राही समस्यामा परेका छन् ।
सरकारले देशका सबै स्थानीय तहमा बैंक स्थापना गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको भए पनि मुुगुुका चार स्थानीय तहमध्ये मुुगुुम कामारोङमा अहिलेसम्म बैंक छैन ।
अहिलेसम्म शाखा बिस्तार नहुुँदा स्थानीयलाई आर्थिक कारोबारका लागि दुुई दिन हिँडेर सदरमुुकाम आउनुपर्ने बाध्यता छ ।