जनताको आवाजः गुणस्तरीय काम गर सरकार

सुर्खेत, २२ साउन (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनरका विभिन्न स्थानका सडक हिलाम्य हुँदा नागरिकले सास्ती खेप्नुपरेको छ । वर्षात्को समयमा सडकमा परेका खाल्डाखुल्डीमा पानी जम्दा र कच्ची सडक पनि थप हिलाम्य हुँदा दुर्घटनाको जोखिम पनि बढेको छ । सडक सुधारका लागि कुनै दीर्घकालिन उपाय नअपनाउँदा यस्तो समस्या वर्षेनी निम्तीने गरेको हो । यसै सन्दर्भ सहकर्मी नन्द कठायतले वर्षातमा हिलाम्य बनेका सडक सुधारका निम्ति सम्बन्धित निकायले के गर्नुपर्ला ? भनेर वीरेन्द्रनगरमा भेटिएका सर्वसाधरणलाई सोध्नु भएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।