जाजरकोट, २३ साउन (जागरण) । जाजरकोटको खलंगा स्थित ठाँटीवजारमा आईतबार गएको पहिरोमा परि मृत्यु भएकाहरुको परिवारलाई केन्द्र सरकारले प्रतिपरिवार नगद एक लाख राहत प्रदान गरेको छ ।
भेरी नगरपालिका वडा नम्वर ३ ठाँटीवजार स्थित दुई वटा घर पहिरोले पुरिँदा मृत्यु भएका आठ जनाका परिवारलाई सरकारका तर्फवाट प्राप्त राहत रकम आज हस्तान्तरण गरिएको हो ।
केन्द्र सरकारको तर्फवाट पिडित परिवारका लागि प्राप्त रकम पिडितहरु वसिरहेको ठाँटीवजार स्थित वृद्धाश्रममै पुगेर प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले हस्तान्तरण गर्नुभयो ।
यस्तै सरकारका तर्फवाट वस्नेतले पहिरोले घर पुरेर विस्थापित भएका पत्रकार तिर्थ वोहरा र गोपाल सुनारलाई पनि १०÷१० हजार नगद हस्तान्तरण गर्नुभयो ।