रुकुम, २४ साउन (जागरण) । रुकुमको चौरजहारी अस्पतालमा उपचार नपाउँदा एक बिरामीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर बिकको उपचारको अभाबमा मृत्युभएको हो ।
दमको समस्याका कारण बिकलाई उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो ।
पाँच दिनदेखि तनावग्रस्त अस्पतालमा उपचार नपाउँदा बिकको मृत्यु भएको उहाँका आफन्तले बताएका छन ।
गत आइतबार भेरी नगरपालिका–१३ कुदुकी २८ वर्षीया यशुदा मल्लकोे मृत्यु भएपछी उहाँका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए ।
आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको छ ।