महिनाभरिको हाँजिर एकै पटक गरेर डाक्टर बेपत्ता

जाजरकोट, २४ साउन (जागरण) । जाजरकोट अस्पतालमा कार्यरत एक जना डाक्टरले महिना नबित्दै हाजिर गरेर बेपत्ता भएको खुलेको छ । स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाड्नुभएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सेवा दिन जेठदेखि काजमा खटिनुभएकी राई महिनाभरिको अगाडि नै हाजिर गरेर जिल्ला छाडेको पाइएको छ ।
राइले जिल्ला छाडेपछी प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प भएको छ ।
प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले अगाडि नै हाजिर गर्न नमिल्ने बताउँदै छड्के निरीक्षण गरेर आवश्यक कारबाही गरिने बताउनुभयो ।