पहिरोको डरले त्रिपालमुनि बास

कालिकोट, २४ साउन (जागरण) । कालिकोटको शुभकालिका गाउँपालिका–६ हाउडीगाउँमा पहिरो जोखिम बढेपछि स्थानीय बासिन्दा पाल टाँगेर खुला चौरमा बस्न थालेका छन ।
गाउँमाथिको पहिरो निरन्तर खस्न थालेपछि हाउडी गाउँमा १ सय ७६ दलित परिवार पाल टाँगेर गाउँ नजिकैको खुला चौरमा बस्न बाध्य भएका हुन् ।
गाउँमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि राति कति बेला पहिरोमा पुरिने हो भन्ने चिन्ताले सताउने गरेपछी चौरमा पाल टाँगेर बस्न थालेको स्थानीय बलबहादुर बिकले बताउनुभयो ।
पानी पर्न साथ वस्तीको माथिल्लो भागबाट निरन्तर पहिरो खसिरहेकाले गाउँपालिकाले सुरक्षित स्थानमा राखेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले बताउनुभयो ।