सुर्खेत, २४ साउन (जागरण) । २४ औं विश्व आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सन १९९४ मा संयुक्त राष्ट्रसंघले हरेक बर्षको अगष्ट ९ लाई अन्तराष्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि प्रत्येक बर्ष यो दिवस मनाउन थालिएको हो ।
सुर्खेतमा पनि आज दिवसकै अवसर पारेर वीरेन्द्रनगरमा साँस्कृतिक ¥याली निकालिएको छ । यस्तै कार्यक्रममा जनजाती नेताहरुले आफुहरुलाई राज्यको मुल प्रवाहमा ल्याउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताए । यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले आदीवासी जनजातीहरुलाई राज्यको मुल प्रवाहमा ल्याउनका लागी के गर्नुपला ? भनेर वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणलाई सोध्नु भएको छ । सुनौँ जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।