शहिद परिवारलाई हिनताबोध नगर्न प्रदेश सरकारको आग्रह

सुर्खेत, २५ साउन (जागरण) । कर्णाली प्रदेश प्राप्तीका लागि तीन वर्ष अघि भएको आन्दोलनमा शहिद बनेकाहरुका आफन्तलाई प्रदेश सरकारले विशेष व्यवस्था गर्ने जनाएको छ ।
शहिद स्मृति दिवसको अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रदेश सरकारले शहिदको सम्मान र तिनका आफन्तलाई प्रदेश सरकारको तर्फबाट सम्मान गरिने प्रतिवद्धता जनाएको हो ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले प्रदेश आन्दोलनको समयमा शहादत प्राप्त गरेका शहिदहरुको सम्मान गर्दै सरकारले बजेट विनियोजन गरेको बताउनुभयो ।
उहाँले शहिद पार्कको स्थापना गर्न र उनीहरुको सालिक निर्माण गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभएको हो ।
कर्णाली प्रदेश स्थापनाका लागि शहादत प्राप्त गरेका चार जना शहिदहरुको सम्झनामा याम बि सी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री केसीले शहिद परिवारले अब हिनताबोध गर्न नहुने बताउनुभयो ।
उहाँले शहिद परिवारसँग सरकारले गरेका प्रतिवद्धता कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
यसैबिच, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जनता र शहिदको सपना पुरा गर्ने दायीत्व प्रदेश सरकारको भएको बताउनु भएको छ ।
सहिदको सम्झानामा सुर्खेतमा आज आयोजीत तेस्रो स्मृती कार्यक्रममा बोल्दै सभामुख शाहिले यस्तो बताउनुभएको हो । उहाँले शहिद र जनताका सपना पुरा गर्न प्रदेश सरकार लागी रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कर्णाली प्रदेसमा महिला, दलीत जनजाती लगायतका थुप्रैका समस्या भएको उल्लेख गर्दै सभामुख शाहीले समृद्धि नै सहिदको सपना भएको बताउनुभयो । उहाँले आगामी ५ बर्षमा कर्णालीका जनताको प्रतिव्यक्ति आय २ हजार १ सय डलर पु¥याउने दावी गर्नुभयो ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालीकाका उपप्रमुख मोहनमाया ढकालले सहिदका सपना पुरा गर्न स्थानीय सरकारले बिशेष पहल गरेको बताउनुभयो ।