जनताको आवाजः शहिदको रगतको मुल्य सरकारले बुझेन (अडियोसहित)

सुर्खेत, २५ साउन (जागरण) । कर्णाली प्रदेश स्थापनाका लागि चार जनाले प्राणको आहुती दिएको आज तीन वर्ष पुरा भएको छ । २०७२ सालको साउनमा प्रदेशको सिमाकंनकै क्रममा कर्णाली र भेरीका जिल्लाहरु सुदुरपश्चिममा गाभिएपछि त्यसको विरोधमा भएको आन्दोलनमा चार जनाको मृत्यु भएको थियो ।
तिनै शहिदको रगतको बलमा अहिले कर्णाली प्रदेश स्थापना भएको छ । तर अहिले शहिदको सम्मान सरकारले नगरेको गुनासो शहिद परिवारले गरिरहेका छन् । यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले आन्दोलनको मर्मअनुसार प्रदेश सरकार अगाडि बढेको छ त ? भनेर वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणलाई सोध्नु भएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।