पहिरोमा पुरिएका गोविन्दको शव फेला

जाजरकोट, २५ साउन (जागरण) । जाजरकोटको भेरी नगरपालिका ३ ठाँटीमा गएको आइतबार पहिरोमा परी बेपत्ता भएका नलगाड नगरपालिका ३ का १२ वर्षीय गोविन्द परियारको शव आज फेला परेको छ । घटनाको छैंटौ दिन उनको शव फेला परेको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताउनुभयो ।
गएको आइतबार पहिरोमा पुरिएका आठजनाको शव निकालिसकेको छ । पहिरोमा वेपत्ता भएका गोविन्द नभेटिएपछि नेपाली सेना , नेपाल प्रहरी , शसस्त्र प्रहरी र स्थानीयले खोजी जारी राखेका थिए । पहिरोमा परी ८ बालबालिका सहित ९ जनाको मृत्यु भएको छ ।