जाजरकोट, २५ साउन (जागरण) । जाजरकोमा महिना नबित्दै अगाडि नै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेको छ ।
जाजरकोट अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडे पछि कारबाही प्रक्रिया थालिएको हो ।
कार्यालय प्रमुखलाई जानकारी नै नदिन हाजिर रजिस्टरमा साउनभरिको हाजिर गरी नेपालगन्ज गएको पाइएकोले आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताउनुभयो ।
विशेषज्ञ सेवा दिनुको साटो महिनाभरिको अगाडि नै हाजिर गरेर उनले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ ।